चितवन विशेष

चितवनका प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी फोर्ब्स कलेजको तालिम

Banner

चितवन,साउन १६-

चितवनका प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम प्रदान गरिएको छ । भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले जिल्लाका ५० जना प्रहरीलाई तालिम प्रदान गरेको हो ।

विश्वभर चुनौतीको रुपमा रहेको साइबर अपराध न्यूनिकरणका लागि तालिम महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङले बताउनुभयो । उहाँले समाजमा अपराधको श्रृङखला बढ्दो क्रममा रहेको भन्दै सामाजिक संजाल मार्फत हुने अपराध र ठगी बढेको जानकारी दिनुभयो ।

“समाजमा हामीले कल्पना नगरेका अपराधहरु भइरहेका छन्,उहाँले भन्नुभयो’,त्यसलाई समयमै व्यवस्थापन गर्न नसकिए समाजमा विग्रह ल्याउने खतरा छ ।’ साइबर अपराध तथा सुरक्षा सम्बन्धी शिक्षा र तालिम गाँउगाँउ सम्म लैजानुपर्ने उहाँले बताउनुभयो । अपराध न्यूनिकरणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।

सुरक्षित डिजिटल समाज निर्माणका लागि कलेजले निरन्तर साइबर अपराध तथा सुरक्षा सम्बन्धी तालिम प्रदान गरिरहेको कलेजका प्राचार्य हरिशरण पाठकले बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानिय तह र शैक्षिक संस्थाहरुमा पनि तालिम संचालन गरिएको जानकारी दिनुभयो । कलेजका गतिविधिले समाजमा अपराधिक कृयाकलापमा कमी र अनुसन्धानमा सहयोग पु¥याउने उहाँको विश्वास छ ।

कलेजले फोब्र्स सिसिएस क्लब गठन गरेर यस्ता तालिम प्रदान गर्दै आइरहेको छ । कलेजले काठमाडौं बाहिर पहिलोपटक साइबर अपराध तथा सुरक्षा सम्बन्धी अध्यापन शुरु गरेको हो । २०१७ सालदेखि कलेजले विभिन्न विषयका शिक्षा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा कलेजका साहयक प्राचार्य दिवश मैनाली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सुर्य थापा, रविन कार्की, कलेज अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कलेजका शैक्षिक निर्देशक सुलभ अधिकारीले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>