नवलपरासी

भारतबाट ल्याइएका अबैध सामान नवलपरासी प्रहरीले गर्‍यो बरामद

Banner

सहबान अन्सारी

नवलपरासी, साउन १०–

नवलपरासीको सीमावर्ती क्षेत्रको विभिन्न ठाउँहरुबाट १ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।

शनिबार रामग्रान नगरपालिका वडा नं. ४ बाईपासमा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको २५ किलो चिनी, ढोकाको कब्जा १८० पिस र सकेट पाईप ११६ पिस लगायतका मालसमान जिल्ला प्रहरी कार्यालयले बरामद हो ।

त्यसैगरि पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा नेपालबाट भारततर्फ लैजादै गरेको ६२ हजार ५ सय मूल्य बराबरको २४ बोरा मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरले बरामद गरेको हो ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं.४ गेरमामा ४० हजार मुल्य बराबरको १३ बोरा मटर (केराउ) प्रहरी चौकी गेर्मीले बरामद गरेको छ ।
उक्त केराउ मानिसहरुले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।

बरामद गरिएका सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>