समाचार
१० करोड क्षतिपूर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध ‘बेइज्जती मुद्दा’
०

काठमाडौं, साउन ९-
अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध ‘बेइज्जती’ मुद्दा दायर गरेका छन् ।
शुक्रबार उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























