Breaking News

सुन तोलाको एकैदिन १३०० बढेर ९४ हजार पुग्यो

Banner

काठमाडौं, साउन ७-

सुनको भाउ बढेर आजसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन एकै दिन तोलामा १३ सय रुपैयाँले बढेर बुधबार प्रतितोला ९४ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबार भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>