Breaking News
नेकपा स्थायी कमिटी बैठक १३ गतेसम्मका लागि स्थगित
०

काठमाडौँ, साउन ६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक केहीबेरमात्रै बसेर साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक अन्य विषयमा प्रवेश नगरी बाढीपीडित नागरिकलाई राहत प्रदान गर्न सरकारलाई निर्देशन दिने निर्णय गर्दै सकिएको एक नेताले बताए ।
अर्को बैठक साउन १३ गते मात्रै बस्नेछ । यसअघि जारी स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























