Breaking News

नवलपरासीमा भूकम्पपछिको निजी आवास पुननिर्माण ८६ प्रतिशत सकियो

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ६

नवलपरासीमा भूकम्पपछिको पुननिर्माण निजी आवासतर्फ ८६ प्रतिशत सम्पन्न भएको छ ।

जिल्लामा कुल एकहजार चार जना लाभग्राही रहेकोमा यसको ८६ प्रतिशत पुननिर्माणको काम सकिएको हो । पुननिर्माणको काम सम्पन्न गर्नेले तेस्रो किस्ता अनुदानसमेत लिइसकेका छन् । पहिलो किस्ता लिने लाभग्राही ९९ प्रतिशत र दोस्रो किस्ता लिने लाभग्राही ९१ प्रतिशत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपरासी प्रमुख राजेन्द्र कार्कीले बताए ।

पहिलो चरणमा लाभग्राहीको सूचीमा परेकाको तथ्याङ्कको आधारमा नवलपरासीमा ९७ प्रतिशतले पुननिर्माणको काम सम्पन्न गरी तेस्रो किस्ताको अनुदान रकमसमेत बुझिसकेको प्रमुख कार्कीले बताए । उनका अनुसार पहिलो चरणमा ८७६ जना लाभग्राहीको सूचीमा परेका थिए । यसको ९७ प्रतिशतले पुननिर्माणको काम सकि तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । गुनासोपछि थप १२८ जना लाभग्राही थपिएका छन् । समग्रमा गुनासो पछि थपिएका लाभग्राहीसहित ८६ प्रतिशतले पुननिर्माणको काम सकेको कार्यालय प्रमुख कार्कीले बताए ।
निजी आवासको प्रवलीकरण तर्फ १४ जना लाभग्राही कायम भएकोमा गुनासोपछि थप ९१ जना थपिएर १०५ पुगेको छ । जस मध्ये ८७ प्रतिशतले प्रथम किस्ता र ६ प्रतिशतले दोस्रो किस्ताको रकम बुझेका छन् ।

कार्यालय प्रमुख कार्कीका अनुसार गुनासो पछि दुई हजार ३९ जनालाई गैरलाभग्राही कायम गरेकोमा ५२ जनाको पुनरावेदन समितिमा पुनरावेदन प्रक्रिया चलेको छ । जसमध्ये ३८ जनाको कागजात पुराभै पुनरावेदन समिति समक्ष निवेदन दर्ता भएको छ । समितिले लाभग्राही कायम गर्ने नगर्ने अध्ययन गरी निर्णय गर्ने कार्यालय प्रमुख कार्कीले बताए । चाडैनै निजी आवासको पुननिर्माणको काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको उनले बताए ।

यसैगरी गुम्बा मर्मत् सम्भार तर्फ आठ वटा गुम्बाको मर्मत् सम्भारको काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताए । १० वटा मध्ये दुई वटा गुम्बाको विभिन्न कारणले पुननिर्माणको काम गर्न नसकिएको उनले बताए । चालु आर्थिक वर्षमा पाल्हिनन्दन गाँउपालिकामा ५ ग्रेडको गुम्बा पुननिर्माण कार्य तयारी गरिएको छ । यसैगरी देवचुली नगरपालिकाको बौलाहा खोलामा पुल निर्माणको काम समेत सुरु गरिने प्रमुख कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>