चितवन विशेष

माडीमा भएको आगजनीप्रति मानव अधिकार अनगुमन समितिको आपत्ति

Banner

चितवन, साउन ५

माडी नगरपालिका वडा नं– ९ कुसुमखोलामा रहेका सुकुमबासी चेपाङ समुदायका घरहरुमा आगजनी गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साउन ३ गते शनिबार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो बस्तीमा आगजनी गर्नुका साथै हात्ती लगाएर घर भत्काएको थियो ।
जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार एक विज्ञप्ति जारी गरी आम जनताको गास बास र कपासको सम्बन्धमा न्यूनतम मानवअधिकार समेत ख्याल नगरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुमबासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएकोमा आपत्ति जनाएका हुन् ।

लामो समयदेखि बस्दै आएको सुकुमबासी बस्तीमा उपर्युक्त अर्को विकल्प बिनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्य प्रति खेद व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुमबासी चेपाङहरुको उचित व्यवस्थापन र क्षतीपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

 

प्रतिकात्मक तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>