समाचार
आज कुन जिल्लामा कति थपिएका कोरोना संक्रमित ?
०

काठमाडौँ, साउन ३–
पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९, तेह्रथुमका २, इलामका १ र झापाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बाराका १, सर्लाहीका २, नुवाकोटका १, बागलुङका १, पर्वतका १, गुल्मीका २, पाल्पाका २, दैलेखका ५, सल्यानका १, रुकुमपश्चिमका ३, डडेल्धुराका २, बझाङका २, डोटीका ७, कैलालीका १३ र कञ्चनपुरका १ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























