राजनीति

मिडिया हाउस र गगन थापाको निवास निवास अगाडिको शंकास्पद पार्किङबारे कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

Banner

काठमाडौं ,असार ३०-

नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको जनाएको हो ।

कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।

साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न पनि कांग्रेसले आह्वान गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>