चितवन विशेष

रोटरीद्वारा माडीमा विद्यालयलाई ६ थान कम्प्युटर सहयोग

Banner

माडी, साउन ३-

नारायणगढ रोटरी क्लब र स्ट्याण्डर्ड चार्टर्ड बैंक भरतपुर शाखाले संयुक्तरुपमा आज माडी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् ।

माडी नगरपालिका–३ मा रहेको माडी माध्यमिक विद्यालयमा छ थान ब्रान्डेड डेस्कटप कम्प्यूटर, हातधुने पानी ट्याङ्कीका साथै एकथान शुद्ध खानेपानीको लागि फिल्टर प्रदान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझा, विद्यार्थी अभिभावक संघका अध्यक्ष नवल किशोर चौधरी र सहायक प्रधानाध्यापक राजन काफ्लेको उपस्थितिमा क्लबका अध्यक्ष अनुकुल श्रेष्ठ तथा स्ट्यान्डर्ड चार्टर बैंक भरतपुर शाखाका प्रवन्धक निवेश श्रेष्ठले संयुक्तरुपमा सो सामग्री हस्तान्तरण गरे ।

क्लबले माडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सरसफाइअन्तर्गत स्वच्छ र सफा शौचालय निर्माण कार्यसमेत सम्पन्न गरिसकेको कार्यक्रम संयोजक तथा क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर गुणेश्वर महतोले बताए । माडी माध्यमिक विद्यालयको कम्प्यूटरसम्बन्धी आन्तरिक कार्यहरू सम्पन्न गर्न तथा शिक्षक एवम् विद्यार्थीलाई पाठ्यक्रम बाहेकका पनि बाह्य जानकारीहरू सहजै प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यालयलाई छ थान ब्राण्डेड डेस्कटप कम्प्यूटर सहयोग प्रदान गरेको क्लबका अध्यक्ष अनुकुल श्रेष्ठले बताए ।

यसैगरी वाइन टु वाटर–नेपालको सहकार्यमा आजै कोरोना प्रभावितहरूका लागि माडीमा स्थापना गरिएको सात विभिन्न क्वारेन्टिनहरूका साथै कसरा चेकपोस्ट, बगडी चेकपोस्ट र गर्दि आयुर्वेदालयलाई हातधुने पानी ट्याङ्की र सयेर वाटर फिल्टर वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष सुुसनलाल प्रधानले बताए । कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर रमेश श्रेष्ठ, वाइन टु वाटर–नेपालका प्रविण विक, नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू मनोज प्रधान, अरुणकुमार पिया, चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, २०२०÷२१ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल, कोषाध्यक्ष विमल श्रेष्ठ, सदस्यहरू सेवन पन्त, किरण आचार्यलगायत स्ट्याडर्ड चार्टर्ड बैंक, भरतपुर शाखाको तर्पmबाट शारदा शर्मा, नयन श्रेष्ठ र विशाल चौधरीको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>