Breaking News

बिग मर्जरको बाटोमा राष्ट्र बैंक : ०७८ असारसम्म गाभिए वाणिज्य बैंकले पाउनेछन् यस्ता छुट

Banner

काठमाडौं, साउन २-

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । वर्ष २०७७/७८ को मौदि्रक नीतिले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ठूला बैंकहरुलाई एक आपसमा गाभ्ने गाभिने र प्राप्ति प्रक्रियालाई थप प्रोत्साहन गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई थप मजबुत बनाउन यसलाई प्रोत्साहन गरिने बताएका हुन् ।

बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौदि्रक नीतिको लक्ष्य रहेको भन्दै उनले सुविधा दिएर मर्जरमा लैजाने नीति लिएको बताए । मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने उनले बताए ।

२०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले एक आपसमा गाभ्ने, गाभिने नीतिगत व्यवस्थाअनुरुप संयुक्त कारोबार गरेमा यस्तो कारोबार सुरु गरेको मितिबाट साबिकको सुविधाका अतिरिक्त २०७९ असारसम्मका लागि अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट दिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>