समाचार

गण्डकी प्रदेशका ७ जिल्लामा थपिए १५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ११ सय ९२ पुग्यो

Banner

काठमाडौं, असार २८

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार तनहुँको ब्यास नगरपालिकाका १ जना, ऋषिङ गाउँपालिकाका ३, शुक्लागण्डकी नगरपालिकाका १ जना, भानु नगरपालिकाका १ जना गरी ६ जना रहेका छन्।

पर्वतको फलेवास नगरपालिकाका १ जना र महाशीला गाउँपालिकाका १ जना गरी २ जनामा संक्रमण पुष्टि भएको हो। बागलुङको जैमिनी नगरपालिकाका १ जना र ढोरपाटन नगरपालिकाका १ जना गरी २ जना, नवलपुरको मध्यबिन्दु नगरपालिकाकी १ महिला, स्याङ्जाको भिरकोट गाउँपालिकाका १ पुरुषमा संक्रमण देखिएको छ।

यसैगरि गोरखा सिरानचोकका १ र लमजुङको मध्यविन्दु र बेसिसहर नगरपालिकामा १/१ पुरुषमाा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा‍. विनोदविन्दु शर्माले जनाए ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १ सय ९२ पुगेको छ भने ७ सय २६ जना डिस्चार्ज भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>