Breaking News

ओलीको लोकप्रियताबाट देशीविदेशी तत्वहरु आत्तिए : संयोजक ऐन महर

Banner

गैँडाकोट, असार २७-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले पार्टी एकतालाई भत्काउने षडयन्त्र भइरहेको भन्दै खबरदारी गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

पूर्वीनवलपरासीको गैँडाकोटमा शनिबार दिउँसो राष्ट्रिय युवासंघ तथा अनेरास्ववियुका कार्यकर्तासँगको भेटघाटका क्रममा संयोजक महरले देशीविदेशी शक्तिहरु प्रधानमन्त्री केपीशर्मा ओलीको लोकप्रियताबाट आत्तिएको बताए । उनले विकास र समृद्धिको यात्रामा मुलुक अगाडि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग्नु कुनै पनि हालतमा जायज नहुने बताए । संयोजक महरले देशव्यापीरुपमा युवा तथा विद्यार्थीहरु पार्टी एकताका पक्षमा उभिएको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा जाने चेतावनी दिए ।

सो अवसरमा राष्ट्रिय युवासंघका नेता रमेश आचार्यले देशको विकासका लागि प्रधानमन्त्रीको ओलीको विकल्प नखोज्न आग्रह गर्दै नेकपाका नेताबीच आन्तरिक छmलफलबाटै समस्याको समाधान खोज्नुपर्ने बताए । केही दिनका लागि स्थायी कमिटी रोकिएको भन्दै दुई अध्यक्ष बीचको मसिनो छलफलले निकास निस्कने विश्वास व्यक्त गरे ।  कार्यक्रममा अनेरास्ववियुका नेताहरु सुनिता बराल, महेश बर्तौला, प्रताप डल्लाकोटी, राष्ट्रिय युवासंघ नवलपुरका संयोजक कृष्ण कँडेलसहित चितवन र नवलपुर क्षेत्रका युवा तथा विद्यार्थी नेताहरुको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>