शिक्षा

नवलपरासीको लोहरौलीमा प्राविधिक शिक्षालय

Banner

परासी, असार २७-

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ । गाउँमै प्राविधिक शिक्षालय स्थापना हुने भएपछि यहाँका विद्यार्थीहरुमा खुशीयाली छाएको छ ।

शिक्षालय सञ्चालनका लागि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ । लोहरौलीस्थित जनता माविको परिसरमा शिक्षालय सञ्चालनका लागि आवश्यक भवन निर्माणको काम शुरु गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले जानकारी दिनुभयो ।

“सङ्घीय सरकारबाट चालु आवमा सशर्त अनुदानमा प्राप्त रु तीन करोडको लागतमा यस वर्षदेखि प्राविधिक शिक्षालयको भवन निर्माण थालिएको हो, यो बहुवर्षीय योजनाअन्तर्गत बन्ने भएकाले यसको पूर्ण पूर्वाधार निर्माण गर्न रु १७ करोड ९२ लाख विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्राविधिक शिक्षाको माग बढ्दै गए पनि स्थानीयस्तरमा यो शिक्षाको पहुँच नहुँदा यहाँका विद्यार्थीहरु बुटवल र काठमाडौँलगायतका शहरमा गएर अध्ययन गर्नुपर्ने बाध्यता थियो । अबको दुई वर्षभित्रै पूर्वाधार निर्माण सम्पन्न गरेर शिक्षालय सञ्चालन गरिने उहाँले बताउनुभयो ।

इञ्जीनियरिङ र ओभरसियरलगायत स्थानीय परिवेश र स्रोत साधनको उपयोग हुने विषयहरुमा स्नातक तहसम्मको प्राविधिक शिक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँमै प्राविधिक शिक्षालय सञ्चालन भएर अध्ययन गर्न पाएपछि स्वरोजगार र व्यावसायिक बन्न सजिलो हुने भन्दै स्थानीय सन्दीप धवलले खुशी व्यक्त गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>