चितवन विशेष

लायन्स क्लबद्वारा सात स्थानमा सेमिअटोमेटिक हात धुने धारा जडान

Banner

चितवन, असार १७-

लायन्स क्लब इन्टरनेशनलले नवलपुरका विभिन्न स्थानमा सेमिअटोमेटिक हात धुने धारा जडान गरेको छ ।

धाराको गैँडाकोटका मेयर छत्रराज पौडेलले उद्घाटन गरेका हुन् । लायन वर्ष २०२०\२१ मा ‘हात धोऔं कोरोना बचौं’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै साबनपानीले हात धुने प्रबन्ध गरिएको क्लबले जनाएको छ ।

गैँडाकोट नगरपालिका परिसरमा जोडिएका धाराको उद्घाटन कार्यक्रममा गैँडाकोटका नगर प्रमुख छत्रराज पौडेलले लायन्सले आज स्थापना गरेका धाराहरु हेर्दा सानो भए पनि रणनतिक महत्व राख्ने बताए । कोरोना महामारीमा मात्र होइन हात राम्ररी धुने बानीले सधै निरोगी बनाउदै यसले सेवाग्राहीलाई धेरै राहत पु¥याउनेमा आफू विश्वस्त रहेको बताए । उनले लायन्स इन्टरनेशनलसँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै भोलिका दिनमा पनि यसप्रकारका काम गर्न आफू इच्छुक रहेको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका प्रथम भाइस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले सानो प्रयासले ठूलो परिवर्तन ल्याउने बताए ।

त्यसैगरी रत्ननगर बकुलहर अस्पताल परिसर टाँडीमा जडान गरिएको धाराको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले व्यक्तिगत सरसफाईमा ध्यान पु¥याउँदा धेरै किसिमका रोग लाग्नबाट बचिने तर्फ ध्यानाकर्षण गराउँदै लायन्सले गरेको कार्यको मुक्त कण्ठले प्रशंशा गरिन् । उनले लायन्सले गर्ने यस्ता रचनात्मक कार्यमा नगरपालिका सहकार्य गर्न इच्छुक रहेको बताए । त्यसै गरी विभिन्न कार्यालय प्रमुखहरुले मानवीय स्वास्थ्यमा लायन्सले अनुकरणीय कार्य गरेको भन्दै लायन्सको प्रशंसा गरेका थिए ।
आज एरिया नं ३ अन्र्तगत गैँडाकोट नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय गैँडाकोट, नवलपुर तथा युनि क्याम्पस शहिदचोक नारायणगढ, मालपोत कार्यालय भरतपुर, कारागार कार्यालय भरतपुर, नेपाल विधुत् प्राधिकरण भरतपुर वितरण केन्द्र र रत्ननगर बकुलहर अस्पताल टाँडी गरी विभिन्न सात स्थानमा जडित सेमि अटोमेटिक धारा उद्घाटन गरिएको हो ।

गैँडाकोट क्षेत्रमा जडान गरिएका धाराहरुको व्यवस्थापन गैँडाकोट क्षेत्रका लायन्स तथा लियोहरुले गरेको एरिया नं ३ का सचिव पूर्णप्रसाद शर्माले जानकारी दिए । अन्य धाराहरु चितवनमा क्रियाशील लायन्स क्लबहरु लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ नारायणगढ मिड टाउन, लायन्स क्लब अफ वागेश्वरी, लायन्स क्लब अफ भरतपुर सिटी र लायन्स क्लब अफ भरतपुर समृद्धि तथा एउटा धारा डिष्ट्रिक ३२५ बि २ बाट प्राप्त भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>