Breaking News

एमाले पार्टी दर्ताको निवेदनले नेकपा भित्र खैलाबैला

Banner

काठमाडौं, असार १६–

केही दिनदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकको चौथो दिन मंगलबार शीर्ष नेताहरुबीच टकराब परेको छ । भारतले सरकार हटाउने कसरतमा लागेको भन्ने प्रधानमन्त्री ओलीको भनाइ र नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयले नेकपाभित्र खैलाबैला मच्चिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताको निवेदनको विषयले बैठकमा प्रवेश पाएको हो, अरु खासै केही भएको छैन ।’ उनले थपे– ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो ।’

सोही विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिँदै को व्यक्ति किन पार्टी दर्ता गराउन लागेको भन्ने बारे आफूलाई जानकारी नभएको बताए । स्रोतले प्रधानमन्त्रीको जवाफ उदृत गर्दै भन्यो–‘माओवादी (केन्द्र) पार्टी पनि दर्ता छ त, कसले कुन पार्टी दर्ता गराउँछ खोज्दै हिड्ने ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>