चितवन विशेष
चितवनका व्यवसायीलाई ५० प्रतिशत मात्र घरभाडा बुझाउन आग्रह
०

भरतपुर, असार १६-
चितवनका व्यवसायीलाई लकडाउन अवधिको घरभाडा ५० प्रतिशत मात्र बुझाउन आग्रह गरिएको छ ।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवन र वस्तुगत संघहरुको बैठकले घरभाडा नर्तिन व्यवसायीलाई आग्रह गरेको हो । मञ्चका महासचिव रामप्रसाद पौडेलले पहिलेको अवस्थामा व्यवसाय सञ्चालन नआउँदासम्म ५० प्रतिशतभन्दा बढी भाडा नलिन घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
५० प्रतिशत बढी भाडा लिएको पाइए आन्दोलनमा उत्रने मञ्चका सल्लाहकार प्रभात ढुंगानाले बताए । ‘व्यवसायी आर्थिक संकटमा परेका छन्, यो बेला भाडा तिर्न सक्ने अवस्था छैन’, उनले भने, ‘५० प्रतिशत बढी भाडा नदिन व्यवसायीलाई भनेका छौँ, केही मनकारी घरधनीले शतप्रतिशत घरभाडा छुट पनि दिन थालेका छन् ।’ उनले साविककै भाडा दिन दबाब दिने घरधनीबारे सूचना संकलन गरी कानुनी उपचारमा जाने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























