समाचार
अर्घाखाँची पुग्यो सलह, स्थानीयवासीले धुवाँ लगाउदै थाल ठटाउदै
०

अर्घाखाँची, असार १५-
अर्घाखाँची जिल्लामा सलह देखिएको छ । चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ । सुवर्णखाल, सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयवासीले धुवाँ लगाएर तथा थाल पिटेर भगाउने प्रयास गरेका छन् ।
भूमिकास्थान नगरपालिकाका धनचौर, ढिकुरा, ढाकावाङ र नुवाकोट, सन्धिखर्क नगरपालिकाको किमडाँडालगायत तथा पाणिनी र मालारानी गाउँपालिकामा विभिन्न क्षेत्रमा पनि सलह आएर मकै र तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























