मौसम

आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने

Banner

चितवन,असार १२-

देशभर सबै प्रदेशहरुमा शुक्रबारको मौसममा पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अधिकांश स्थानमा हल्का देखि भारी वर्षा हुने सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा ९ हुने र केही स्थानमा धेरै भारी वर्षा को समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>