Breaking News

विमानस्थलबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईँ पक्राउ परेका होइनन्ः प्रहरी

Banner

काठमाडौं, असार २८-

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ ।

आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।

तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ ।

यस घटनापछि केही अनलाइन सञ्चारमाध्यमले प्रसाईँ पक्राउ परेको भन्दै समाचार प्रकाशित गरेपछि प्रहरीले त्यसको खण्डन गरेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारे । उनले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उनलाई नियन्त्रणमा लिएर घर पु¥याइएको बताए ।

‘हामीले पक्राउ गरेको होइनौँ । उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो । त्यसैले हामीले उहाँलाई घर छोडेर आएका हौँ । यो केवल सहजीकरण मात्र हो,’ एसपी भट्टराईले भने ।

प्रहरीले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रसाईँलाई त्यहाँबाट हटाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>