Breaking News

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि पाँच करोड विनियोजन

०
Banner

चितवन, असार १०–

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज (बुधबार)देखि सुरु भएको छैटौं नगरसभामा आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले क्रिकेट रंगशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रुपमा राखेको छ । गतवर्ष पनि महानगरले पाँच करोड रकम विनियोजन गरेको थियो ।

धुर्मुस सुन्तली फाण्डेशनले सो रंगशाला निर्माण गरिरहेको छ । हाल रंगशालाको प्याराफिट निर्माणको काम चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>