Breaking News

चितवन प्रशासनले भन्योः स्वीकृति विना रेष्टुरेन्ट तथा होटल संचालन नगर्नु

Banner

चितवन, असार ९–

जिल्ला प्रशासन कार्यालय चितवनले विना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन नगर्न निर्देशन दिएको छ ।

आज (मंगलबार) एक सूचना जारी गदैै विना स्वीकृति रेष्टुरेन्ट तथा होटलहरु संचालन गरेको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट टेक अवे सेवा दिन र होटलहरुले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>