समाचार
दाङमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

दाङ, असार ९-
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
१८ जना बंगलाचुली र एक जना लमहीका हुन् । ११ वर्ष उमेर देखी ४३ बर्ष सम्मका पुरुषमा कोरोना देखिएको हो ।
संक्रमित हुनेहरुमा बंगलाचुली ४ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ बर्षका ८ जना, वडा नम्बर ४ का १९ र २१ बर्षका दुई जना, वडा नम्बर ५ का २९ र ३२ बर्षका दुई जना, वडा नम्बर ८ का १८, २१, २२, २४ र २९ बर्षका ५ जना वडा नम्बर १० का ११ बर्षका एक जना र लमही नगरपालिका ६ का १७ बर्षिय एक जना गरि १९ जनामा कोरोना संक्रमण देखिएको हो।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ। वितेको २४ घण्टामा प्रतिष्ठानमा ४ सय ३५ जनाको स्वाब परीक्षण गरिएको छ।
बंगलाचुली गाउँपालिकाको मुलाबारी भेडाबारीको क्वारेन्टाईनमा बसेका १ सय ३४ जना मध्य ४५ जनाको स्वाब परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।



























