समाज

दार्चुलामा खोलाले बगाउँदा महिलाको मृत्यु

Banner

दार्चुला,असार ७-

नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वडा नं ३ की २६ वर्षीया कमला ठगुन्नाको मृत्यु भएको हो । आज बिहान खोला तर्ने क्रममा ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ठगुन्नाका दुई छोरी रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>