अन्तर्राष्ट्रिय

अमेरिकामा रोजगार भिसा रोक्ने तयारी

Banner

अमेरिका, असार ७-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारसँग सम्बन्धित भिसा रोक्ने तयारी गरेका छन्। कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकामा रोजगार भिसा रोक लगाउने तयारी गरेको हो। यो भिसा दक्ष कामदारका लागि उपलब्ध गराउँदै आएको थियो।

‘भिसाको विषयमा हामी भोलि केही सम्बोधन गर्न गइरहेका छौं,’ ट्रम्पले फक्स न्युजको अन्तर्वार्तामा भनेका छन्। उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये एच१बी र एलवान समेत पर्नेछ।

यसले सयौं कम्पनी र हजारौं मानिसहरु प्रभावित हुनेछन्। अमेरिकामा यस्तो भिसा हरेक वर्ष करिब ८५ हजार हाराहारीमा जारी हुने गरेको छ। ट्रम्पले कोरोना भाइरस पेन्डेमिकका कारण आफूले अस्थायी रूपमा अमेरिका आगमनमाथि रोक लगाउन लागेको ट्विटमार्फत् जानकारी गराएका छन्। ट्रम्पसँग नजिक भएका सूचना प्रविधिसँग जोडिएका व्यवसायीले यसखाले भिसामाथि नियन्त्रणका लागि सुझाव दिँदै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>