अन्तर्राष्ट्रिय

भारतमा एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च

Banner

काठमाडौं,असार ७-

भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या चार लाख नाघेको हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै १५ हजार ४१३ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित थपिएको सबैभन्दा उच्च संख्या हो ।

यस्तै बितेको चौबिस घण्टामा ३०६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>