अन्तर्राष्ट्रिय

भारत–चीन तनावमा ट्रम्पले भने – अब के होला भनेर हामी हेरिरहेका छौं

Banner

काठमाडौं असार ७–

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै भारत र चीनबीच जारी तनाव नियालिरहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै उनले भारत – चीनबीचको तनावलाई नियालीरहेको र आवश्यक परे सहयोगका लागि इच्छुक रहेकोसमेत उनले जनाएका छन् ।

‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारत र चीनसँग कुरा गरिरहेका छौं । यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामी हेरिरहेका छौं । हामी उनीहरुलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं ।’

यही जुन १५ मा लद्दाखको गलवानमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि राष्ट्रपति ट्रम्पले पहिलो पटक प्रतिक्रिया जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>