मौसम
आज देशका विभिन्न भागमा भारी वर्षा हुने
०

चितवन,असार ७ –
देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा बनेको न्यून चापिय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेश धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























