चितवन विशेष

अग्रज शिक्षक नेताको अधिकारीको निधन

०
Banner

चितवन, असार ६–

तत्कालिन नेकपा माओवादीको आक्रमणबाट घाईते भई गोर्खा जिल्लाबाट बिस्थापित भएका नेपाल शिक्षक संघका अग्रज नेता यदुप्रसाद अधिकारीको आज (शनिबार) भरतपुरमा निधन भएको छ ।

गएको भदौदेखि क्यान्सर रोगबाट ग्रस्त भएका अधिकारीको भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित निजी निवासमा शनिबार दिउँसो निधन भएको हो ।

वि.सं. २०१० साल फागुन १५ गते हालको अजिरकोट गाउँपालिका वडा नम्बर–३ लप्सिकोट गोर्खामा उनको जन्म भएको हो । वि.सं. २०५२ सालमा तत्कालिन माओवादीले संघातिक आक्रमण गरेपछि गम्भिर घाईते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरि उपचार गरिएको थियो ।
त्यसपछि उनी गाउँबाट विस्थापित भएका थिए । तत्कालिन समयमा उनी स्थानीय ज्ञानज्योती माविको प्रधानाध्यापक थिए ।

शिक्षक संघका पुराना एवंम् अग्रज नेता अधिकारी निवृत्त जिवन पश्च्यात नेपाली काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएका थिए । उनका एक श्रीमती र तीन छोरा रहेका छन् । उनको शनिबार नै देवघाटमा अन्त्यष्टि गरिएको छ ।

नेता अधिकारीको पार्थिव शरीरमा नेपाली काँग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, जिल्ला कोषाध्यक्ष शंकर कँडेल, भरतपुर–८ का वडा अध्यक्ष दामोदर न्यौपाने, नेपाली काँग्रेस–८ का अध्यक्ष जगन्नाथ कँडेलले पार्टीको झण्डा ओढाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>