चितवन विशेष
विराट नेपाल मेडिकल ट्रष्टले दियो स्वास्थ्य सामग्री

चितवन, असार ४–
कोरोना भाईरसको संक्रमण बढी रहेको समयमा विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु. ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दिपक तिवारीलाई ती सामग्री आज (बिहीबार) हस्तान्तरण गरेका थिए । सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु र संलग्न अन्य व्यक्तिहरुका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, स्यानिटाईजर ६० थान, ग्लोब्स ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराईएको थियो ।
सहयोग गरिएका सामग्रीहरु मध्येबाट भरतपुर महानगरपालिकालाई २७ थान पीपीई, २७ थान केएन ९५ मास्क, २४ वक्स ग्लोब्स, २४ वोटल सेनिटाईजरबुट र डिस्पोजेवल एप्रोन ४÷४ थान रहेको छ ।
रत्ननगर नगरपालिकालाई ९ थान पीपीई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल स्यानिटाईजर बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, माडी नगरपालिकालाई ९ थान पीपीई, ९ थान केएन ९५ मास्क, ७ वक्स ग्लोब्स, ७ वोटल सेनिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २÷२ थान, कालिका नगरपालिकालाई ४ थान पीपीई, ४ थान केएन केएन ९५ मास्क, ४ वक्स ग्लोब्स, ४ बोटल स्यानिटाईजर, बुट र डिस्पोजेवल एप्रोन २/२ थान रहेको पौडेलले बताए ।
यस्तै खैरहनी नगरपालिकालाई ६ थान पीपीई, ६ थान केएन केएन ९५ मास्क, ५ बक्स ग्लोब्स, ५ बोटल स्यानिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १/१ थान, राप्ती नगरपालिकालाई ८ थान पिपिई, ८ थान केएन केएन ९५ मास्क, ७ बक्स ग्लोब्स, ७ बोटल स्यानिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १/१ थान, इच्छाकामना गाउँपालिकालाई ५ थान पीपीई, ५ थान केएन केएन ९५ मास्क, ५ बक्स ग्लोब्स, ५ बोटल स्यानिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १/१ थान, भरतपुर कोभिड–१९ प्रयोगशालालाई १ थान पीपीई, २ थान केएन ९५ मास्क, बुट र डिस्पोजेवल एप्रोन १/१ थान र क्षयरोग निवारण संस्थालाई १ थान पीपीई, १ बक्स ग्लोब्स, १ बोटल स्यानिटाईजर, बुट र डिस्पोजेवल एप्रोन १÷१ थान रहेको पौडेलले बताए ।
पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराइएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाहरुका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिईरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित तीन सय परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताए ।
स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई धेरथोर सहयोग पुग्ने बताए । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आईरहेको छ ।
संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साईमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आईरहेको छ ।
























