चितवन विशेष

कोरोनाको बेलामा पनि भ्रष्टचारको गन्धः काँग्रेस चितवनले बुझायो ज्ञापन पत्र

०
Banner

चितवन, असार २–

नेपाली काँग्रेस चितवनले देशमा कोरोना भाईरसको संक्रमण बढीरहेको समयमा समेत भ्रष्टाचार नरोकिएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज (मंगलबार) ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

काँग्रेसले १७ वटा बुद्धामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । क्वारेन्टिन व्यवस्थापन, क्षमता अभिवृद्धि, कोरोना परीक्षण, उपचार कक्षको व्यवस्थापन, राहत वितरण, नागरिकको उद्धार लगाएतका विषयमा आफ्नो ध्यानाकर्षण भएको काँग्र्रेसले जनाएको छ । यस्तै ध्यानाकर्षण पत्रमा अस्पतालहरुमा भएको अनियमितता र लापरवाही, संयन्त्र निर्माण, कर छुट लगाएतका विषय पनि समावेश छ ।

ज्ञापनपत्र बुझाउँदै काँग्रेस चितवनका सभापति श्रेष्ठले विषम् परिस्थितिमा राज्य अहिले उदाशिन बनेको आरोप लगाए । राज्य जनताप्रति उत्तरदायी बन्न नसक्दा जनताले दुःख पाएको उनको भनाई थियो । आफूहरुको ध्यानाकर्षण प्रति सरकार जिम्मेवार नबने जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको उनले चेतावनी दिए ।

यस्तै काँग्रेस चितवनका सचिब उत्तम जोशीले सरकारका कामहरु प्रति जनताको निरासा बढेकाले ज्ञापनपत्र बुझाउनु परेको बताए । राज्यले बोल्ने एउटा र गर्ने अर्को गरेको उनको भनाइ थियो । कोरोनाको नाममा भएको अनियमितता र भ्रष्टाचार रोक्न सरकारले नसकेको उनको आरोप छ । काँग्रेसको केन्द्रिय परिपत्र अनुसार ७७ जिल्लाका प्रशासन कार्यालयमार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>