चितवन विशेष

नारायणी सामुदायिक अस्पतालका चिकित्सक कोरोनामुक्त,अन्य १५ जनाको रिपोर्ट नेगेटिभ

Banner

चितवन,असार २-

भरतपुरको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् । गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । उनलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ । चिकित्सकले हेरेका झण्डै एक सय जना विरामीको कन्ट्याक्ट टे«सिङ गरिएको छ । उनीहरूमध्ये चिकित्सकले इन्डोर हेरेका बिरामीहरू सबैको स्वाब परीक्षण गरिएको र उनीहरूमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।

ओपीडीमा हेरेका बिरामीको भने परीक्षण गरिएको छैन । ‘लामो समयसम्म डाक्टरको सम्पर्कमा रहेका र हेरेका बिरामीलाई नै नेगेटिभ आएपछि ओपीडीमा हेरेका बिरामीलाई तत्काल आवश्यक परेन, लक्षण देखिएमा आउन भनेका छौं, उहाँहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ कार्यालय प्रमुख तिवारीले भने । चिकित्सकले हेरेका बिरामीमध्ये आधाजसो नवलपरासीका छन् ।

नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुँवरले अस्पतालको आईसीयूसहित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नभेटिएको बताए । उनले अस्पतालको सेवा सुचारु गरेको समेत जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>