Breaking News
कोरोना भाइरसबाट थप एक जनाको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ ३०–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । बुधबार मृत्यु भएका अर्घाखाँचीस्थित मालारानी–४ का ५७ वर्षीय एक पुरुषको बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना रिपोर्ट पोजिटिभ आएपछि मृत्यु हुनेको संख्या १६ पुगेको जानकारी दिए । ती पुरुष १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर अर्घाखाँचीको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयका क्वारेन्टिनमा बसेका थिए । उनलाई सोही क्रममा श्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराउन लगिएको थियो ।
उपचार गराई फर्किने क्रममा उनको उद्रेखोला भन्ने ठाउँमा बुधबार मृत्यु भएको थियो । त्यसपछि श्वाब संकलन गरी कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट पठाईएको थियो ।























