चितवन विशेष

चितवनका क्वारेन्टाइनहरु विश्व स्वास्थ्य संगठन मापदण्डको बनाउन सुझाव

०
Banner

चितवन, जेठ २९

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति चितवनले जिल्लाका सबै क्वारेन्टाइनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम बनाउन प्रशासनलाई सुझाव दिएको छ ।

युनियनले आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई कोरोना संक्रमणबाट बच्ने उपायसहित सात बुँदे सुझाव पत्र पेस गरेको हो । सुझाव पत्रमा ट्रेड युनियनले भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल र भरतपुर अस्पतालबाट कोरोना नियन्त्रणमा गरिएको प्रयास पर्याप्त नभएको उल्लेख गरिएको छ । सुझाव पत्रमा थप सावधानी नअपनाए समस्या झनै विकराल हुने अवस्था रहेको भन्दै प्रशासनलाई आफूहरु ध्यानआकर्षण गराउन बाध्य भएको जनाइएको छ ।

युनियनको सुझावमा सरकारी अस्पतालको मात्र नभई संयन्त्र बनाएर सबै अस्पतालको जनशक्तिलाई कोरोना नियन्त्रणमा परिचालन गर्नुपर्नै, स्वास्थ्यकर्मीहरुको सुरक्षा, सुविधा र मनोबल उच्च बनाउनुपर्ने रहेको छ । त्यसैगरी सुझाव पत्रमा चितवनका सबै क्वारेन्टाइनहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम बनाउन माग पनि गरिएको छ । कोरोना विशेष अस्पतालको पूर्वाधार तथा सुविधा विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप बनाउन पनि अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>