समाचार

सुडान घोटाला प्रकरणः पूर्वआईजीपी रमेशचन्द ठकुरी आज जेलबाट छुट्दै

Banner

काठमाडौं, जेठ २९-

सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदैछन् ।

सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि १ वर्ष जेल सजाय तोकिएका उनी २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन् ।

प्रहरी महानिरीक्षक हुँदा नै उनलाई भ्रष्टाचारको मुद्दा लागेको थियो। त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो।

सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरूलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

ठकुरीका पालामा सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>