अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख पार, चुनावी र्‍याली सुरु गर्ने ट्रम्पको घोषणा

Banner

काठमाडौं, जेठ २९-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्‍याली स्थगित गरिएको थियो ।

ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् ।

उनले भने, ‘सम्भवतः सबैभन्दा पहिले म ओक्लाहोमामा टस्लाबाट सभाको घोषणा गर्नेछ । यो र्याली अर्को शुक्रबारदेखि सुरु हुनेछ ।’

कोभिड–१९ को संक्रमणलाई थप फैलनबाट रोक्न र खतरालाई कम गर्नका लागि कस्ता प्रकारको सावधानी अपनाइनेछ भनेर केही जानकारी भने दिएनन् ।

ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।

अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म २० लाख बढी संक्रमित रहेका छन् भने मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>