प्रवास

कुवेतबाट ३०० नेपाली फर्कँदै, जजिरा एयरलाइन्सले नेपाल ल्याउने

Banner

काठमाडौँ, जेठ २८

कुवेत सरकारको पहलमा कोरोनाको प्रभावले पीडामा परेका ३०० नेपाली नागरिक स्वदेश फर्कने भएका छन्।

कुवेतमा रहेका नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले कुवेत सरकारले कुटनीतिक नियोगसँगको समन्वयमा दुईवटा उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

जजिरा एयरलाइन्सको दुईवटा उडानमार्फत तीन सय नेपाली नागरिक स्वदेश फर्किने योजना रहेको प्राधिकरणका एक कर्मचारीले बताएका छन्। यो उडानबारे परराष्ट्रबाट सबै क्लियरेन्स भइसकेको छ। प्राधिकरणको तर्फबाट अध्ययन गर्नुपर्ने तथा डकुमेन्टेसनको काम भइरहेको छ। यहाँ अवतरणपछि यात्रुहरुलाई क्वारेन्टाइनमा लाने, परीक्षण लगायत सबै व्यवस्थापनको तयारीपछि उडान समय तालिका निश्चित हुनेछ’ उनले भने।

यसअघि युनाइटेड अरब एमिरेट्सको पहलमा एक सय ६८ नेपाली नागरिकलाई एयर अरेवियाको जहाजमार्फत स्वदेश फर्काइएको थियो।

सरकारले विदेशमा रहेर काम गर्दै आएका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै गत साता देखि विभीन्न मुलुकले कुटनीतिक नियोग मार्फत नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>