Breaking News

नेपालका ८५ प्रतिशत कोरोना संक्रमित भारतबाट आएका हुन्ः प्रधामन्त्री

Banner

काठमाडौं, जेठ २८–

नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बताएका छन् ।

बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’ उनले यसअघि संसद्‍मा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए ।

भारतबाट मान्छे नेपाल प्रवेश गरेपछि बाढी जसरी कोरोना संक्रमित बढेको ओलीको भनाइ थियो । भारतबाट दैनिक हजारौंको संख्यामा नागरिक आएपछि एकैपटक ठूलो संख्यामा पीसीआर र आरडीटी टेस्ट गर्नु परेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारतबाट ठूलो संख्यामा नागरिक आएपछि क्वारेन्टाइनमा राख्नुपरेको धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>