Breaking News

नेपालका ८५ प्रतिशत कोरोना संक्रमित भारतबाट आएका हुन्ः प्रधामन्त्री

०
Banner

काठमाडौं, जेठ २८–

नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बताएका छन् ।

बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’ उनले यसअघि संसद्‍मा सम्बोधन गर्ने क्रममा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए ।

भारतबाट मान्छे नेपाल प्रवेश गरेपछि बाढी जसरी कोरोना संक्रमित बढेको ओलीको भनाइ थियो । भारतबाट दैनिक हजारौंको संख्यामा नागरिक आएपछि एकैपटक ठूलो संख्यामा पीसीआर र आरडीटी टेस्ट गर्नु परेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारतबाट ठूलो संख्यामा नागरिक आएपछि क्वारेन्टाइनमा राख्नुपरेको धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>