Breaking News
अपडेटः रुपन्देहीमा पाँचको हत्या, मृतक सबैको सनाखत

रुपन्देही, जेठ २७–
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्तिले सामूहिक हत्या गरेका छन् ।
स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ । यस्तै मृतक पाँचै जनाको सनाखत भएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । उनीहरु सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी हेमकुमार थापाले बताए ।
फोटोः इकान्तिपुर
























