चितवन विशेष

चितवनका कोरोना संक्रमितको उपचार व्यवस्थापनमा सांसद र मेयर खटिए 

Banner

चितवन,जेठ २९-

चितवनका कोरोना संक्रमितहरुको उपचारका लागि भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पताल ल्याउने क्रम जारी छ । माडी नगरपालिकाका ६ जना संक्रमित ल्याइसकिएको छ भने भरतपुर महानगरपालिकाका विभिन्न वडाबाट पनि ल्याउने क्रम जारी छ ।

चितवनमा आज एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको उपचारको व्यवस्था मिलाउन स्वास्थ्यकर्मी र चिकित्सक सहित सांसद र मेयर पनि खटिएका छन् । प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल कोरोना अस्पताल र भरतपुर अस्पताल पुगेर संक्रमितको उपचारको व्यवस्थापनमा खटिएका हुन् । उनिहरुले संक्रमितलाई नआत्तिन आग्रह गर्दै सबै साथमा रहेको भन्दै हौसला प्रदान गरेका छन् ।

भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज एकै दिन ३० जना संक्रमित फेला परेका हुन् । जसमा २४ जना भरतपुर, पाँच जना नवलपुर र एक जना धादिङका छन् ।  प्रदेश सभा सदस्य विजय सुवेदीले सबै साथमा रहेको भन्दै मनोवल उच्च बनाउन आग्रह गरे ।भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अस्पतालमा उपचारको कमी नहुने भन्दै ढुक्क मन बनाएर बस्न आग्रह गरिन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनसंगै नवलपुरका विरामी पनि उपचारका लागि आउने भन्दै सबै तयारी गरिएको बताए । उनले संक्रमितलाई कोरोनाको लक्ष्यण,अपनाउनुपर्ने सावधानी र उपचारका विषयमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>