Breaking News

कोरोना पुष्टि हुँदा बिरामी जाँच्दै थिए भरतपुरका संक्रमित चिकित्सक

०
Banner

चितवन, जेठ २६–

चितवनको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) एकैदन सबैभन्दा धेरै २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि हुनेमा दुई जना चिकित्सक पनि परेका छन् । चिकित्सकमै कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरका चिकित्सकहरु माझ हलचल मच्चियो ।

संक्रमण पुष्टि भएलगत्तै ती ३८ वर्षीय पुरुष चिकित्सकलाई तत्कालै फोन गयो । जतिबेला चिकित्सकले आफूलाई कोरोना लागेको खबर पाए त्यतिबेला उनी बिरामी जाँच्दै थिए । रिपोर्ट बारे जानकारी पाए पछि उनी आइसोलनमा गएका छन् । ती चिकित्सक नारायणी सामुदायिक हस्पिटलमा कार्यररत छन् ।

यस्तै हाल कुनै हस्पिटलमा पनि कार्य नगरेका चिकित्सक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>