समाचार

क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

Banner

जलेश्वर, जेठ २६-

महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>