चितवन विशेष
चितवनका २० विपन्न परिवारलाई राहत वितरण
०

चितवन,जेठ २६
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका विभिन्न वडामा विपन्न नागरिकलाई राहत सामग्री वितरण गरिएको छ ।
‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई राहत बितरण गरिएको हो । राहतको लागि क्यामरुन युनिभर्सिटी एलमुनियमका जीवनराज भट्टराई द्वारा केही राहतको लागि आर्थिक सहयोग गरेका थिए । उक्त सहयोग रकम लिएर मनोज गिरीद्वारा राहत वितरण कार्य सम्पन्न भयो ।
रत्ननगर नगरपालिका–१० द्वारा बनाइएको चेपाङ परिवारका ८ घर परिवारलाई र भरतपुर महानगरपालिका वडा नम्बर १० ॐ शान्ति चोकमा १० परिवार र सोही वडाको नहरचोकका २ परिवारलाई राहत वितरण भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























