Breaking News

कोरोना भाइरस : विश्वभर ४ लाख ५ हजारको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

Banner

काठमाडौं, जेठ २६–

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।

३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७० लाख ८२ हजार हाराहारी पुगेको छ ।

२४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७० लाख ८१ हजार ८११ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>