नवलपरासी

स्थानीय तहले खरिद गरे पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न भिटिएम

Banner

नवलपरासी, जेठ २५-

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टिनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न भिटिएम खरिद गरेका छन् ।

सङ्घीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् ।

सुनवल नगरपालिकाले ५०० र सुस्ता गाउँपालिकाले ४५० भिटिएम खरिद गरेका हुन् । खरिद गरिएको भिटिएमलाई क्यारेन्टिनमा बसेकाको स्वाबको नमूना सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ ।

जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् । यस जिल्लामा तीन नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित रहेका छन् ।

चार आइसोलेशन सेन्टर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा हालसम्म विभिन्न चार स्थानमा आइसोलेशन सेन्टर स्थापना भएका छन् । पछिल्लोपटक सुस्ता गाउँपालिकाको वेलवानीस्थित स्वास्थ्य चौकीमा १० श्ययाको र रामग्राम नगरपालिकाको पाल्ही बहुमुखी क्याम्पसको भवनमा ५० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।

यसअघि सुनवल नगरपालिकाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा २५ श्ययाको आइसोलेशन र बर्दघाटस्थित शहीदस्मृति सामुदायिक अस्पतालमा चार श्ययाको आइसोलेशन रहेको छ । यद्यपि यस स्थानको आइसोलेशनको श्यया क्षमता विस्तार गर्ने योजना रहेको बर्दघाट नगरपालिकाले जनाएको छ । जिल्लामा हालसम्म एकजना १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित फेला परिसकेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>