चितवन विशेष
नारायणगढमा तरुण दलको रक्तदान, १०१ जनाले गरे रक्तदान

चितवन, जेठ २५–
नेपाल तरुण दल चितवनले आज (आइतबार) नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नारायणगढस्थित पर्व व्याङक्वेटमा भएको कार्यक्रममा १५ जना महिलासहित एक सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिए ।
कार्यक्रमको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै सभापति श्रेष्ठले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्ने तरुण दललाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमका सभापति तरुण दलका जिल्ला अध्यक्ष राजन ताम्राकारले जिल्लामा रगत अभाव देखिएकाले मानविय सेवा स्वरुप रक्तदान कार्यक्रम गरिएको बताए ।
लकडाउनका कारण चितवनमा रगतको चरम अभाव सृजना भएको छ । धेरै कम मात्रामा रक्तदान कार्यक्रमहरु हुँदा जिल्लामा रगत अभाव देखिएको हो । तरुण दलले विभिन्न समयमा यस्तै मानविय सेवाहरु गर्दै आइरहेको छ ।
























