चितवन विशेष
गणतन्त्र दिवसमा नेविसंघ वीरेन्द्र क्याम्पस इकाईको रक्तदान
०

चितवन, जेठ १५–
नेपाल विद्यार्थी संघ, वीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले १३ औं गणतन्त्र दिवसको अवसरमा आज (बिहीबार) खुल्ला रक्तदान कार्यक्रम तथा भित्ते पात्रो विमोचन कार्यक्रम गरेको छ ।
रक्त संचार केन्द्र भरतपुरमा गरिएको रक्तदान कार्यक्रममा २ महिलासहित ५५ जनाले रक्तदान गरेको संघका इकाई अध्यक्ष अनमोल अधिकारीले जानकारी दिए ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ रहेका थिए । कार्यक्रममा पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे, वर्तमान जिल्ला उपसभापति कैलाश कोइराला, कोषाध्यक्ष शंकर कँडेल, सहसचिव राजन कार्की, सूर्य अर्याल, नेविसंघ जिल्ला अध्यक्ष सूर्य ढकाललगायतको उपस्थिति रहेको थियो ।
यस्तै नेविसंघ इकाइ समितिले आज नै भित्ते पात्रो समेत सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























