Breaking News

आज बजेट आउँदै : फजुल खर्च नियन्त्रण गर्न सर्वत्र माग

Banner

काठमाडौं, जेठ १५-

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै छन् ।७८

दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्नेछन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र दुई महिनादेखि जारी लकडाउनका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउनलागेका हुन्।

हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा सबै तहमा केही न केही अपेक्षा हुन्छ तर यो पालिको बजेट अलि विषम परिस्थितिमा आउँदै छ । यसपालि सामान्यभन्दा पनि सर्वसाधारणदेखि व्यवसायीसम्मले ठूलो अपेक्षा गरेका छन् । अझ आर्थिक प्याकेजको आशामा निजी क्षेत्र छन्।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो ।

आज लकडाउनको ६६औं दिनसम्म आइपुग्दा देशको आर्थिक अवस्था ऋणात्मक बाटोमा छ । आर्थिक गतिविधि ठप्प छन् । उद्योग व्यवसाय दुई महिनादेखि बन्द छन्। विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र ‘डिप्रेसन’मा पुग्ने अवस्थामा छ । यसलाई पुरानो अवस्थामा पुर्‍याउन कम्तीमा दुई वर्ष लाग्छ । आन्तरिक पर्यटनलाई पुनर्स्थापना गर्न पनि ६ देखि ८ महिना लाग्छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको आगमनलाई सेयर बजारमा खासै रुचाइएन । सेयर बजारले डा. खतिवडालाई अर्थमन्त्री पाएयता राम्रो गति लिन नसकेको आरोप छ । अर्थमन्त्रीले बेलाबेलाको भाषणमा प्रयोग गरिने शब्दलाई सेयर बजार घट्नुको कारण मान्छन् केही लगानीकर्ता । यद्यपि सेयरबजार विरोधी अर्थमन्त्रीको उपमा व्यापक भएपछि पछिल्ला समय डा. खतिवडा सेयरबजारप्रति सकारात्मक टिप्पणी गर्न थालेका छन् ।

फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने विज्ञहरुले बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै स्थानीय विकास साझेदारी कार्यक्रमदेखि ४० हजार कर्मचारी कटौतीसम्म गरेर फजुल खर्च रोक्न सुझाएको छ । सबैखाले फजुल खर्च नियन्त्रण गर्न सर्वत्र माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>