नवलपरासी

नवलपरासीमा पतिको हत्या अभियोगमा एक महिला पक्राउ

Banner

परासी,जेठ १५-

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् ।

घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए । अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>