चितवन विशेष

हेटौंडाकी कोरोना संक्रमित महिला बसेको भरतपुरको एक घर सील

०
Banner

चितवन, जेठ १४–

मकवापनुरको हेटौंडा–१, चौकी टोलकी कोरोना संक्रमित २५ वर्षीया महिला बसोबास गर्दै आइरहेको भरतपुर महानगरपालिका–१२, मालपोत चोकको एक घर सील गरिएको छ । त्यस घरमा घरबेटीका तीन जना परिवार र संक्रमित महिला श्रीमानसंगै बस्दै आएकी थिइन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले संक्रमित महिला बस्दै आएको घर सील गरिएको जानकारी दिए । उनले भने–‘ती महिलामा कोरोना कसरी स¥यो भन्ने पत्ता लगाउनका लागि एउटा घर मात्रै सील गरेका हौं ।’ उनले त्यस घरमा अन्य तीन जना बस्दै आएकाले उनीहरुको भोलि (बिहीबार) आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङको क्रममा ती महिला गत वैशाखमा नेशनल सिटी हस्पिटलमा चेकजाँच गरेकाले उनलाई चेकजाँच गर्ने चिकित्सहरुकोबिहीबार नै आरडीटी परीक्षण गरिने बताए । उनले नेशनल सिटी अस्पतालमा एक महिना अघि संक्रमित महिला गएकाले त्यहाँ पीसीआर टेस्ट आवश्यक नरहेको बताए । ‘सामान्यतया दुई साता भित्रमा कोरोना संक्रमण देखिने हो, सो अस्पतालमा एक महिना अघि गएकाले त्यस्तो जोखिम देखिदैन ।’

भरतपुरबाट ती संक्रमित महिला श्रीमानसंगै मोटरसाइकलमा जेठ ९ गते हेटौंडा गएकी थिइन् । उनी पाँच महिनाकी गर्भवती समेत रहेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>